Logo
Logo

एमाले ओखलढुङ्गा जिल्ला कमिटी नेकपामा समाहित


1.4k
Shares

काठमाडौं । नेकपा एमाले ओखलढुङ्गा जिल्ला कमिटीका पदाधिकारीसहित नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्का, उपाध्यक्ष कमल न्यौपाने,सचिव अशोक थापा,उपसचिव राजीव कटुवालसहितका नेताहरू नेकपामा समाहित भएका हुन् ।

प्रतिनिधि सभाको टिकट वितरणमा केन्द्रले अन्याय गरेको भन्दै उनीहरूले पार्टीबाट विद्रोह गरेर नेकपामा समाहित भएका छन् । उनीहरूले जिल्लाले सिफारिस गरेका अम्बिरबाबु गुरुङलाई केन्द्रले टिकट नदिएर केन्द्रीय सदस्य अस्मिता थापालाई उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका थिए ।

एमालेमा टिकट नपाएपछि गुरुङ नेकपाबाट उम्मेदवार बनेका थिए । उनीहरूलाई नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्