Logo
Logo

उम्मेदवारको छुट्टै खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैङ्कलाई आयोगको पत्राचार


378
Shares

काठमाडौं । निर्वाचन आयोगले चुनावका लागि दल र उम्मेदवारको छुट्टै खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैङ्कलाई पत्राचार गरेको छ । 

The current image has no alternative text. The file name is: Nirwachan-Aayog.jpeg

आगामी प्रतिनिधि सभाको निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले छुट्टै खाता खोलेर हिसाबकिताब राख्नुपर्ने व्यवस्था गरिएको छ । आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैङ्क वा वित्तीय संस्थामा छुट्टै खाता खोली त्यही खाताबाट गर्नुपर्ने उल्लेख छ ।

निर्वाचनमा गरिने खर्चका लागि जिम्मेवार पदाधिकारी तोक्नु पर्ने र यसरी तोकिएका पदाधिकारीको नाम–नामेसीसहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउनु पर्ने व्यवस्था छ । 

यस्तै, राजनीतिक दलले पनि निर्वाचनसम्बन्धी खर्च गर्दा बैङ्क वा वित्तीय संस्थामा छु‌ट्टै खाता खोली दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा सोही खाताबाट खर्च गर्नुपर्ने आचारसंहितामा उल्लेख छ । दलले निर्वाचनमा २५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैङ्क वा वित्तीय संस्थामार्फत् गर्नुपर्ने व्यवस्था गरिएको छ । 

कुनै व्यक्ति वा संस्थाबाट स्वेच्छिक सहयोगको रूपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भर्पाई दिई राजनीतिक दलका नाममा प्राप्त भएको भए दलको र उम्मेदवारका नाममा प्राप्त भएको भए उम्मेदवारको बैङ्क खातामा जम्मा गर्नुपर्ने लगायतका प्रावधान छन् । 

त्यसलाई कार्यान्वयन गर्न आयोगले राष्ट्र बैङ्कलाई पत्राचार गरेको हो । यसरी खोलिएका खातालाई निर्वाचन सकिएपछि पनि आयोगले बन्द गर्न नलगाउँदासम्म यथावत राख्ने व्यवस्था गर्न राष्ट्र बैङ्कलाई आग्रह गरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस्