Logo
Logo

७२ जनाले फिर्ता लिँदा ८ जनाको उम्मेदवारी रद्द


1.5k
Shares

काठमाडौं । अगामी फागुन २१ गते हुने आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि हालसम्म १६५ निर्वाचन क्षेत्रकोलागि उम्मेदवारी दिएका कुल ३ हजार ४ सय ८७ उम्मेदवार रहेका छन् । जसमध्ये ७२ जनाले उम्मेदवगारी फिर्ता लिएका छन् । त्यस्तै ८ जनाको उम्मेदवारी रद्द  भएको छ ।

पहिले स्वतन्त्र रूपमा उम्मेदवारी दिने र पछि निर्वाचन खर्च जुटाउन नसक्नुका साथै निर्वाचन झण्झटिलो भएको भन्दै स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको देखिएको छ । यसैगरि दलगत उम्मेदवारी दिएका उम्मेदवारले भने दल भित्रकै किचलो र दबाबका कारण उम्मेदवारी फिर्ता लिएको देखिएको छ । 

आयोगका अनुसार उम्मेदवार रद्द भएका उम्मेदवारहरूमाथि भिन्न समयमा लागेको आरोप पुष्टि भएपछि आयोगले उनीहरूको उम्मेदवारी रद्द गरेको हो । 

उम्मेदवारी रद्द हुनेहरूमा मोरङ क्षेत्र नम्बर ४ का उज्यालो नेपाल पार्टीका ३९ वर्षीय विनोद परियार, मोरङ क्षेत्र नम्बर ६ का जनता समाजवादी पार्टीका ४५ वर्षीय महमद जाविर, काठमाडौं क्षेत्र नम्बर ३का जय मातृभूमि पार्टीका २६ वर्षीय अविन मेयाङ्गवो र काठमाडों क्षेत्र नम्बर ३ स्वतन्त्र उम्मेदवार ३५ वर्षीय अमर तामाङ्ग रहेका छन् ।

यसैगरी आयोगले काठमाडौं क्षेत्र नम्बर १० का मितेरी पार्टी नेपालका ४९ वर्षिय सुमित्रा बस्नेत, रुपन्देही क्षेत्र नम्बर २ का सार्वभौम नागरिक पार्टीका ४५ वर्षीय कमला देवी गुरुङ, बर्दिया क्षेत्र नम्बर २का आमजनाता पार्टी (एकल चुनाव चिन्ह) का ४७ वर्षीय रामेश्वर चौधरी र बर्दघाट सुस्ता पश्चिम क्षेत्र नम्बर १ का आम जनता पार्टी एकल चुनाव चिन्हकै ४९ वर्षीय मायाकुमारी थापामाथि विभिन्न समयमा लागेको आरोप पुष्टि भएपछि उम्मेदवारी रद्द गरेको जनाएको छ ।  

यसैगरि उम्मेदवारी दर्ता गरे पनि पछि आफ्नो इच्छा नभएका कारण ७२ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको तथ्याङ्क आयोगसँग छ ।

प्रतिक्रिया दिनुहोस्