काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा र पूर्णबहादुर खड्का पक्षले विकसित घटनाक्रमबारे धारणा बनाउन राष्ट्रिय भेला गर्ने भएको छ । देउवा पक्ष राष्ट्रिय सभा निर्वाचन लगत्तै राष्ट्रिय भेला आयोजना गरेर आवश्यक धारणा निर्माण गर्ने तयारीमा लागेको हो ।

विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको केन्द्रीय समितिलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि तत्कालीन संस्थापन (देउवा–खड्का) पक्ष सर्वोच्च अदालतमा पुगेको छ ।
यसैबिचमा प्रतिनिधिसभा निर्वाचनका कार्यक्रम अघि बढेसँगै देउवा–खड्का पक्ष थोरै रक्षात्मक देखिएको छ । यही कारण राष्ट्रिय भेलाबाट आवश्यक रणनीति बनाउने सो पक्षको तयारी छ ।
भेलामा पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी, केन्द्रीय सदस्य, पूर्व राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य, महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिहरूलाई बोलाउने तयारी गरिएको छ ।











