Logo
Logo

विवादित सेयर कारोबारी दीपेन्द्र अग्रवाल एमाले प्रवेश


756
Shares

काठमाडौं । विवादित सेयर कारोबारी दीपेन्द्र अग्रवाल नेकपा एमालेमा प्रवेश गरेका छन् । जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्यसमेत रहेका उनलाई शनिवार एमाले मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् ।

अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ पनि गरेको थियो । सीआईबीले अग्रवाललाई सेयर मूल्य कृत्रिम रूपमा बढाएको र झुटो कारोबार र मूल्य प्रभावित कसुरमा पक्राउ गरेको थियो ।

उनीमाथि नेपाल धितोपत्र बोर्डले अनुसन्धान गरेर कारबाही गर्ने प्रक्रिया अघि बढाएको थियो । करिब १० दिनको हिरासतको अनुसन्धानपछि उनी हाजिर जमानीमा रिहा भएका थिए ।

अग्रवालले सस्तोमा सेयर खरिद गर्ने गलत प्रचारप्रचार गरी मूल्य बढाइ बिक्री गर्ने गर्दै आएका थिए । त्यस्तै आफैँले एक कारोबार खाताको पैसा अर्को व्यक्तिकोमा ट्रान्स्फर गर्नेसमेत काम गरेपछि धितोपत्र बोर्डमा उजुरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्