Logo
Logo

मेरो विरोध गर्नेले कालीगण्डकीमा हाम फाले हुन्छ: महाविर


2.1k
Shares

काठमाडौं । पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री स्वतन्त्र उम्मेदवार डा. महावीर पुनले आफू उम्मेदवार बनेपछि किताब बेच्दा आएको गुनासोप्रति दुःख व्यक्त गरेका छन् । बेनीमा आयोजित एक कार्यक्रममा उनले देश र जनताको हितका लागि काम गर्दा पनि विरोध हुने गरेको बताए । 

The current image has no alternative text. The file name is: Mahabir-pun.gif

उनले भने, ‘म अहिले उम्मेदवार छु । खाली समयमा यहाँ अलिअलि किताब बेचेँ । तर किताब बेच्दा यहाँ कसैले दुःख मानेछन् । मलाई निर्वाचन आयोगबाट फोन नै आयो । कति सानो चित्त हो त्यो कम्प्लेन गर्नेको!’किताब बेचेको रकम व्यक्तिगत वा निर्वाचन खर्चका लागि नभई नेपाल र नेपालीका लागि भएको उनको दाबी छ । 

उनले किताबबाट आएको एक रुपैयाँ पनि आफू वा निर्वाचनमा नखर्चिने स्पष्ट पारे । त्यसको सट्टा, वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनका लागि प्रयोग हुने बताए । उनलेभने, ‘त्यो वीरगञ्जको कारखाना हाम्रो कारखाना हो । वीरगञ्जमा छ भन्ने नसोच्नुहोला, त्यो सबै नेपालीको कारखाना हो । त्यहाँ नेपाली किसानलाई चाहिने औजार तथा सामग्री तयार हुन्छन् । मैले यो कारखानाका लागि आजदेखि होइन, मन्त्री हुनुभन्दा धेरै अघिदेखि नै किताब बेच्दै आएको हुँ ।’ 

विगतमा पनि किताब बिक्रीबाट खर्च कटाएर १२ करोड रुपैयाँ कारखानालाई सहयोग गरेको उल्लेख गर्दै उनले अब पहाड र मधेस दुवै क्षेत्रका किसानलाई आवश्यक औजार उत्पादन हुने बताए ।

किताब बेच्न रिसाउनेहरूले म्याग्दीको भलो नगर्ने आरोप लगाउँदै उनले कडा अभिव्यक्ति दिए । उनले भने, ‘हाम्रा किसानलाई चाहिने औजार बनाउन पैसा जुटाउन किताब बेच्दा रिस उठ्नेहरू यहाँ नजिकै कालीगण्डकी छ । त्यही गएर हाम फाले हुन्छ । त्यस्तो मान्छेले म्याग्दीलाई उँभो लगाउँदैन । त्यस्तो व्यक्तिले आफैं ख्याल गर्नू ।’

प्रतिक्रिया दिनुहोस्