Logo
Logo

कार्यकर्तालाई ओलीको पत्र : एमालेको बहुमत अपरिहार्य छ, उम्मेदवार जिताउन लाग्नुस्


315
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उम्मेदवारहरुलाई विजयी गराउन उच्च मनोबलका साथ सहित सक्रिय हुन आग्रह गरेका छन् ।

अध्यक्ष ओलीले हिजो साँझ पार्टीका ६ लाख ६३ हजार सदस्यलाई नै पत्र पठाउँदै एमालेका उम्मेदवार जिताउनतर्फ लाग्न सबैलाई आग्रह गरेका हुन् ।

पत्रमा अध्यक्ष ओलीले आसन्न निर्वाचनले देशलाई विनाशतर्फ धकेल्ने कि निर्माणको मार्गमा अघि बढाउने भन्ने बिचको हार जितको फैसला गर्ने उल्लेख छ ।

उनले देश निर्माणका लागि एमालेलाई बहुमतको आवश्यकता रहेको पत्रमा उल्लेख गरेका छन् । ‘देश निमाणका लागि हाम्रो पार्टीलाई बहुमत आवश्यक छ’ उनले भनेका छन् ‘अतः बहुमतका लागि अपरिहार्य पार्टीका उम्मेदवारहरुको विजय सुनिश्चित गर्न कमरेडहरूको उच्च मनोबल र सक्रिय सहयोगको हार्दिक अपेक्षा गरेको छु । ’

पार्टीको प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार सबै पार्टी सदस्यहरूलाई निर्वाचन प्रचारमा सक्रियतापूर्वक लाग्नका लागि उत्साहित बनाउन अध्यक्ष ओलीले पत्र लेखेका हुन् ।

देशमा विध्वंस र आगजनी गर्नेहरूलाई चुनावी मैदानबाटै बिदा गरेर निर्माणको नेतृत्व गरेको एमालेले देशको नेतृत्व गर्नुपर्छ भन्ने सन्देश पार्टी सदस्य मार्फत आम मतदातामा पु¥याउनका लागि पनि पत्राचार गरिएको शाहीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्