
काठमाडौं । नेपाल प्रहरीले सम्पर्कवीहिन भएका १७ जना प्रहरी कर्मचारीलाई कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।
प्रहरी प्रधान कार्यालयले आइतबार सूचना जारी गरी कात्तिक र मंसिर महिनादेखि सम्पर्कवीहिन रहेका प्रहरी कर्मचारीलाई ७ दिनभित्र स्पष्टीकरण सहित कार्यालय उपस्थित हुन भनेको हो ।
गैरहाजिर हुने प्रहरीहरूमा एक जना प्रहरी सहायक निरीक्षक, एक जना प्रहरी हवलदार, एक जना सहायक हवलदार, ११ जना प्रहरी जवान र तीन जना कार्यालय सहयोगी रहेका छन् ।
उनीहरुको खोजतलास गराउँदा र सूचना टाँस भइसक्दा समेत सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयले बाटोको म्यादबाहेक सात दिन भित्र आफू गैरहाजिर हुनुको कार खुलाएर सन्तोषजनक स्पष्टीकरण जबापसहित उपस्थित हुन भनेको छ । अन्यथा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाउने कारबाही हुने चेतावनी दिइएको छ ।











