Logo
Logo

राष्ट्रिय सभा निर्वाचनः सुदूरपश्चिममा ६३ जनाले गरे मतदान


378
Shares

काठमाडौं । सुदूरपश्चिममा राष्ट्रिय सभा निर्वाचन अन्तर्गत बिहान १० बजेसम्म ६३ जनाले मतदान गरेका छन् । प्रदेश निर्वाचन कार्यालयमा भइरहेको मतदान केन्द्रमा एक घण्टामा ६३ जनाले मतदान गरेका हुन् ।

प्रदेश सभातर्फ अहिलेसम्म ५१ मध्ये १७ जना, स्थानीय तह तर्फ १ सय ७३ मध्ये अहिलेसम्म ४६ जनाले मतदान गरेको प्रदेश निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी दिए ।

अहिलेसम्म २८ प्रतिशत मत खसेको हो । यहाँ प्रदेश र स्थानीय गरी २ सय २४ जनाले मतदान गर्नेछन् । सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्य बनेका ३ जनाको पदावधि फागुनमा सकिँदैछ । त्यसैका लागि आज मतदान भइरहेको हो ।

प्रतिक्रिया दिनुहोस्