काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को राष्ट्रिय सभा संसदीय दलको नेतामा बेदुराम भुसाल नियुक्त भएका छन् ।
आइतबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा संसदीय दल बैठकले भुसाललाई संसदीय दलको नेता नियुक्त गरेको हो ।

यसअघि संसदीय दलको नेतामा नारायणकाजी श्रेष्ठ रहेका थिए । उनले राजीनामा दलको नेताबाट दिएर आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका छन् । उनको उम्मेदवारीपश्चात् राष्ट्रिय सभामा संसदीय दलको नेतामा भुसाललाई पठाइएको हो ।
यसैगरी आइतबारको बैठकले प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ लाई नियुक्त गरेको छ भने सचेतकमा गङ्गा बेलवासे नियुक्त भएकी छन् ।











