
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज आफ्नो निर्वाचन क्षेत्र सर्लाही ४ जाँदैछन् । सभापति थापाको सचिवालयका अनुसार उनी अहिले बिहान १०ः ३० बजेको उडानबाट सिमारा हुँदै सर्लाही जान लागेका हुन् ।
वारिस मार्फत उम्मेदवारी दर्ता गराएका थापा उम्मेदवारी दर्तापछि पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र जान लागेका हुन् । यसअघि काठमाडौं ४ बाट उम्मेदवार बन्दै आएका थापा पहिलोपटक मधेश झरेका हुन् । सर्लाही ४ मा रास्वपाका उम्मेदवार अमरेशकुमार सिंह र थापाबीच मुख्य चुनावी प्रतिस्पर्धा हुँदैछ ।











