काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी चन्द्रकला पौडेललाई दिने निर्णय गरेको छ ।

पौडेल यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिव पदमा कार्यरत थिए ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षको जिम्मेवारी तोक्ने निर्णय गरेको गृहमन्त्री तथा सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए । उनले थपे कि पौडेललाई अर्को निर्णय नभएसम्म सञ्चालक समितिको अध्यक्ष पदमा कार्य सञ्चालन गर्न नियुक्त गरिएको हो।











