काठमाडौं । पूर्वसांसद डाक्टर ढाकाकुमार श्रेष्ठ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् ।

पार्टीका अध्यक्ष साम्पाङले उनलाई औपचारिक रूपमा स्वागत गरेका हुन् । अध्यक्षले सदस्यता वितरण गरेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै श्रेष्ठलाई पार्टीमा स्वागत गरिएको जानकारी दिएका छन्।
श्रेष्ठ यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक प्रणालीअन्तर्गत प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।
तर, विवादास्पद अडियो सार्वजनिक भएपछि रास्वपाले उनलाई पार्टी सदस्यता र सांसद पदबाट निष्कासन गरेको थियो।











