
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौं उपत्यकामा हल्का वर्षाको सम्भावना रहेको
जानकारी दिएको छ ।
अहिले काठमाडौँ उपत्यकाको आकाश बादलले ढाकिएको र दिउँसो ३ बजेसम्म हल्का वर्षा हुने सम्भावना देखिएको महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिएका छन् ।
त्यसपछि भने बिस्तारै बादल हट्दै जाने र राति काठमाडौँको मौसम सफा हुने सम्भावना रहेको उनको भनाइ छ ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अहिले भने काठमाडौँ उपत्यकासहित देशभरजसो नै मौसम बदली भएको र पश्चिमी प्रदेशतिर हिमपात र वर्षासमेत भइरहेको छ ।
मौसम बदली (आकाशमा बादल) भएका कारण आज काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम ह्वात्तै बढेको छ ।
बिहान ५ः४५ बजे गरिएको सुरुवाती मापनमा काठमाडौँको न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस देखिएको मौसम महाशाखाले जनाएको छ ।











