Logo
Logo

बारामा आमाछोराको हत्या, ससुरा-बुहारी गम्भीर घाइते


1.3k
Shares

काठमाडौं । बाराको परवानीपुर गाउँपालिका–१ रहरीयामा धारिलो हतियार प्रहार गरेर आमाछोराको हत्या भएको छ ।

गएराति परवानीपुरको रहरीया टोलमा अज्ञात व्यक्तिले घरभित्रै पसेर ४६ वर्षीया सुमित्रा देवी र उनका छोरा ३० वर्षीय रामेश्वर मण्डलको हत्या गरेको हो ।

धारिलो हतियार प्रहारबाट मृतक महिलाका पति ५० वर्षीय जगरुप र बुहारी २८ वर्षीय मनिता देवी गम्भीर घाइते भएका छन् ।

उनीहरूको वीरगन्जस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको बाराका डीएसपपी विजयराज पण्डितले जानकारी दिए । हत्याराको खोजी र घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्