Logo
Logo

बहुमतको सरकार नबने मुलुक फेरि अस्थिरताको दुश्चक्रमा घुमिरहन्छ : रिजाल


315
Shares

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले आगामी चुनावबाट पनि बहुमतको सरकार नबने मुलुक फेरि राजनीतिक अस्थिरताको दुश्चक्रमा घुमिरहने बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत अब हुने चुनावबाट पनि बहुमतको सरकार नबने मुलुकको ध्यान आर्थिक विषयमा केन्द्रित हुन नपाउने, सरकार बनाउने र जोगाउनेमै जाने बताएका हुन् ।

‘२०८२ भदौ २३–२४ को घटनाबाट देशमा ८२ अर्बको क्षति (निजी सम्पत्तिबाहेक) भएको सरकारी अध्ययन समितिले निष्कर्ष निकालेको छ । चुनावमा थप ३० अर्ब खर्च हुँदैछ,’ उनले भनेका छन्, ’विदेशीसँग मागेर बजेट बनाउनुपर्ने देशमा यति ठूलो क्षति अपुरणीय छ । र यसले मुलुकको विकासलाई कैयौँ वर्ष पछाडि धकेलेको छ ।’

साथै उनले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनबाट बहुमतको सरकार बनाउन नेकपा एमालेलाई विजयी गराउन सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्