
एजेन्सी । भारत महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा मृत्यु भएको छ । बुधबार बिहान बारामती विमानस्थलमा आपतकालीन अवतरणका क्रममा भएको विमान दुर्घटनामा पावरको मृत्यु भएको हो ।
उनीसहित दुई पाइलट र दुई सुरक्षाकर्मीको पनि मृत्यु भएको भारतीय सञ्चारमाध्यम इण्डिया टुडेले उल्लेख गरेको छ । पवार जिल्ला परिषद चुनावको सिलसिलामा चारवटा सार्वजनिक सभालाई सम्बोधन गर्न मुम्बईबाट चार्टर्ड गरिएको ‘लियरजेट ४५’ विमानमा बारामती जाँदै थिए ।
विमानस्थलमा आपतकालीन अवतरणको प्रयास गर्दा विमानरेनवेबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । दुर्घटनापछि विमान पूर्ण रूपमा जलेर खरानी भएको छ । सार्वजनिक भएका दृश्यहरूमा विमानका टुक्राहरू जताततै छरिएको र बारामती क्षेत्रमा ठूलो आगलागीका साथै धुवाँको मुस्लो निस्किएको देखिन्छ ।











