
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश फेरि दुर्घटनातिर जानसक्ने बताएका छन् । नेकपा माओवादीका नेताहरूलाई पार्टीमा स्वागत गर्दै उनले निर्वाचन नजिकिँदै गर्दा पनि देश सहज परिस्थितिमा नरहेको बताएका हुन् ।
‘चुनाव त अगाडि छ, तर यो चुनावले के दिन्छ भन्ने पनि कन्फ्युजन छ । हामी एकताबद्ध भएर देशव्यापी अभियानमा गएनौँ भने फेरि अर्को दुर्घटनातिर देश जानसक्छ,’ उनले भने । उनले एकताबद्ध भएर चुनावमा केन्द्रित हुन पार्टी पंक्तिलाई निर्देशन समेत दिए ।











