Logo
Logo

कालिञ्चोकमा हिमपात, हिउँ खेल्न जानेहरूको भिड


315
Shares

दोलखा । दोलखाको कालिञ्चोक क्षेत्रमा पनि हिमपात भएको छ ।

The current image has no alternative text. The file name is: kalinchowk.jpg

मौसम बदलीसँगै बुधबार बिहान केहीबेर हिउँ परेपछि रोकिएको थियो भने अहिले पुनः हिउँ परिरहेको छ ।

दोलखाको कुरी बजार क्षेत्रमा समेत हिउँ परिरहेको छ । हिमपातसँगै कालिञ्चोकमा हिउँ खेल्न जानेहरूको भिड लागेको छ । अधिकांश पर्यटक अग्रिम बुकिङ गरेर आएको बताइएको छ।

मंगलबार रातिदेखि जुम्ला, हुम्ला, मुस्ताङ, म्याग्दी, डोल्पा लगायत उच्च पहाडी र हिमाली भेगहरूमा बाक्लो हिमपात भएको छ । हिमपातका कारण त्यहाँका जनजीवनमा समेत प्रभाव परेको छ।

प्रतिक्रिया दिनुहोस्