Logo
Logo

प्रहरीको रासन रकम वृद्धि गर्ने सरकारको निर्णय


6.8k
Shares

काठमाडौं । सरकारले नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रासन रकम वृद्धि गर्ने निर्णय गरेको हो ।

गृहमन्त्री समेत रहेका सरकारका प्रवक्ता ओमप्रकाश अर्यालका अनुसार, आगामी फागुन १ गतेदेखि लागू हुनेगरी रासन स्केल र दैनिक रकम वृद्धि गर्ने निर्णय भएको हो ।

‘२०८२र११र१ गतेदेखि लागू हुनेगरी नेपाल प्रहरीको रासन स्केल र रासन बापतको दैनिक रकम वृद्धि गर्ने,’ निर्णय सुनाउँदै अर्यालले भने ।

तर, कति रकम वृद्धि गरिएको भन्नेबारे जानकारी उनले गराएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्