Logo
Logo

निर्वाचनका लागि भारतले नेपाललाई दियो सुरक्षा सामग्री


0
Shares

काठमाडौँ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनार्थ भारत सरकारले नेपाललाई सुरक्षा सामग्री हस्तान्तरण गरेको छ। बिहीवार अर्थ मन्त्रालयमा एक कार्यक्रमबीच भारत सरकारले दङ्गा नियन्त्रण उपकरण र विभिन्न सवारी साधनहरू हस्तान्तरण गरेको हो।

कार्यक्रममा अर्थमन्त्री खनालले बजेटमा निर्वाचनका लागि पर्याप्त व्यवस्था नभएको अवस्थामा भारतले गरेको यो सहयोगले नेपालको लोकतान्त्रिक प्रक्रियालाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले भारत सरकारलाई धन्यवाद पनि दिए।

मन्त्री खनालले भारतलाई नेपालको ‘फस्र्ट रेस्पोन्डर’का रूपमा चित्रण गर्दै सन् २०१५ को विनाशकारी भूकम्पको समयमा भारतले देखाएको तदारुकताको स्मरण गरे।

जनआन्दोलनका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका धेरै सवारी साधनहरू क्षतिग्रस्त भएको सन्दर्भमा यी नयाँ सवारी साधनले सुरक्षा निकायको कार्यक्षमता बढाउने विश्वास व्यक्त गरिएको छ।

अर्थमन्त्रीकाअनुसार यी सामग्रीहरू सरकार आफैँले खरिद गर्नु परेको भए राज्यलाई ठूलो आर्थिक भार पर्ने थियो। जसलाई भारतीय सहयोगले न्यूनीकरण गरेको छ।

उनले भने, ‘नेपाललाई संकट पर्दा भारत सधैँ पहिलो सहयोगीका रूपमा उभिएको छ, चाहे त्यो भूकम्पको समयमा होस् वा अहिले निर्वाचनको पूर्वसन्ध्यामा।’

नेपाल र भारतबीचको सम्बन्ध छिमेकी मात्र नभई एक भरपर्दो विकास साझेदारीसमेत रहेको उल्लेख गर्दै अर्थमन्त्री खनालले भविष्यमा यो मित्रता अझ मजबुत हुने विश्वास व्यक्त गरे।

भारत सरकारले नेपाल सरकारलाई उपहार स्वरुप २ सय ५० वटा सवारी साधन दिएको छ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ६ सय ५० सवारीमध्ये २५० उपलव्ध गराइएको र बाँकी आगामी साताभित्रै उपलब्ध गराइने भारतीय अधिकारीले बताए।

कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले चुनावका लागि लक्षित गरेर भारत सरकारले अनुदानमा दिएका सवारीहरू स्वीकार गरिएको बताए।

प्रतिक्रिया दिनुहोस्