Logo
Logo

सुदनलाई ‘सेक्युरिटी थ्रेट’ : रास्वपाले माग्यो पीएसओ


0
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा–१ बाट उम्मेदवार वनेका जेनजी अगुवा सुदन गुरुङलाई सुरक्षा थ्रेट बढेको भन्दै रास्वपाले पीएसओसहितको सुरक्षा व्यवस्था माग गरेको छ । गुरुङ केही दिनदेखि चुनाव प्रचारका क्रममा घरदैलोमा छन् ।

The current image has no alternative text. The file name is: sudan-gurung.jpg

प्राप्त विभिन्न गोप्य सूचनाअनुसार हातहतियार बोक्ने केही व्यक्तिहरूबाट गुरुङलाई सुरक्षा थ्रेट बढेको रास्वपा गोरखाले जनाएको छ । सुरक्षा थ्रेट भयो भन्ने बुझेर सुरक्षाकर्मी माग गरिएको रास्वपाले जनाएको छ । 

प्रहरीले भने गुरुङ माथी कुनै सुरक्षा थ्रेट नदेखिएको जनाएको छ । त्यस्तै घरदैलोमा रहेका गुरुङको व्यक्तिगत, सामाजिक तथा राजनीतिक चरित्रहत्या हुने गरी सामाजिक सञ्जालमा विभिन्न अफवाह फैलाइएको भन्दै आवश्यक अनुसन्धान र छानबिन गरेर कारबाही प्रक्रिया अघि बढाउन पनि रास्वपा गोरखाले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्