Logo
Logo

बालेनको क्रेजमा लुटेराको दाउ : कञ्चनपुरदेखि अछामसम्म लुटपाट


1.3k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र साह (बालेन) सहभागी सुदूरपश्चिमका कार्यक्रमहरूमा भीडको फाइदा उठाउँदै सुनका सिक्री लुट्ने गिरोह सक्रिय भएको पाइएको छ । बुधबारदेखि यता कञ्चनपुरको झलारी र अछामको साँफेबगरमा गरी कम्तीमा ४ जनाको सिक्री लुटिएको छ ।

कञ्चनपुरमा बुधबार मनोज चौधरी र सञ्जीव मल्लसहितका व्यक्तिहरू लुटिएपछि प्रहरीले सीसीटीभीमार्फत खोजी सुरु गरेको थियो । बिहीबार अछामको साफेबगर –४ नजिक आयोजित चुनावी भेटघाट कार्यक्रम्मा एक महिलाको सिक्री लुट्ने प्रयास गर्दा पर्साका ३१ वर्षीय उमेस राय रङ्गेहात पक्राउ परेका छन् ।

उनको साथबाट एउटा सिक्री बरामद भएको छ भने अछाममा मात्रै ६ तोला भन्दा बढी सुन चोरी भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय साँफेबगरका इन्स्पेक्टर दानसिंह भण्डारीले चार जनाको सिक्री लुटिएकाे र अर्को चोर्ने क्रममा १ जनालाई पक्राउ गरिएको जानकारी दिए ।

बालेनको कार्यक्रममा हुने ठुलो भीडलाई लक्षित गरी यो पेशेवर गिरोह पछि–पछि हिँड्ने गरेको पाइएको उनले बताए । सिसिटीभी फुटेजमा अन्य व्यक्तिहरु पनि संलग्न रहेको पाइएको र बाँकी सदस्यहरूको खोजी भइरहेको अछामका डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्