Logo
Logo

रुकुम पूर्वबाट सामाजिक न्याय र विकासको नयाँ मोडेल अघि बढाउँछु: प्रचण्ड


0
Shares

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरोधी अभियान मन नपर्ने शक्तिहरूले आफूलाई सरकारबाट बाहिर जान बाध्य पारेको बताएका छन् ।

The current image has no alternative text. The file name is: prachanda-1.jpg

रुकुम पूर्व–काठमाडौँ सम्पर्क समितिद्वारा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले आफ्नो सरकारले सुरु गरेका सुशासन, सामाजिक न्याय र समृद्धिका कदम अधुरै रहेकाले जनताको र कार्यकर्ताको सहयोगमा ती अभियान पूरा गर्न पुनः जनताको बीचमा फर्किने बताए ।

आगामी निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवार बन्ने निर्णयको कारण उनले केवल चुनाव जित्नु नभई, रुकुम पूर्वलाई विकास, उत्पादन र रोजगारीको ‘नयाँ मोडेल’ बनाउने रहेको बताए । जडीबुटी, पर्यटन, अर्ग्यानिक कृषि र आधुनिक भेडापालनमार्फत हजारौँ युवालाई रोजगारी दिने योजना उनले सुनाए ।

प्रचण्डले जनयुद्धका सहिद तथा बेपत्ता योद्धाहरूको सम्मान र पीडित परिवारलाई आर्थिक परिपूरण दिने विधेयक कार्यान्वयनको सुरुवात आधार इलाकाबाटै गर्ने लक्ष्य पनि राखेको बताए । उनले आफ्नो बाँकी जीवन राष्ट्र, सुशासन र समाजवादका लागि समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्