काठमाडौं । जल तथा मौसम विज्ञान विभागले नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल तराई भू-भागका केही स्थानहरूमा हुस्सुरकुहिरो रहेको छ। गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागेको छ ।

आज दिउँसो तराई भूभागका धेरै स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । त्यस्तै कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातरवर्षाको सम्भावना रहेको छ ।
आज राती तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ छ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।











