Logo
Logo

‘आरोप–प्रत्यारोप अमेरिकामा त देखिन्छ, नेपाल त मामुली भैगो’


252
Shares

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपालमा अहिलेका चुनावी चर्चा र दलहरूका दाबी सुन्दा सबै जितेको मात्र नभई एकल सरकार नै बनाइसकेको देखिएको भन्दै व्यङ्ग्य गरेका छन् । शनिवार बिहान फेसबुकमार्फत बास्कोटाले यस्तो व्यङ्ग्य गरेका हुन् ।

‘चुनाव जित्ने दाबी र सिट आकलन सुन्दा–पढ्दा कोही पनि दोस्रो हुँदैन,’ बास्कोटाले लेखेका छन्, ‘सबैले जितेको मात्र होइन, एकल सरकार नै बनाइसकेको देखियो ।’

तर खासकुरा मतदातामा निर्भर रहने उनले बताएका छन् । ‘मतदाताको मनमा के छ रु परिणाम त त्यहीँ प्रकट होला । हो–हल्ला, झुटमुट, आरोप–प्रत्यारोप त युरोप अमेरिकामा त देखिन्छ । यो त नेपाल मामुली कुरो भैगो,’ बास्कोटाले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्