Logo
Logo

रेशमको उम्मेदवारी खारेजविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा


126
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज विरुद्धको रिट ‘हेर्न नभ्याइने’मा परेको छ ।

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि चौधरीले माघ ६ गते कैलाली–१ बाट उम्मेदवारी दिएका थिए । तर, टीकापुर घटनामा दोषी भएको र राष्ट्रपतिबाट माफी मिनाह भए पनि उम्मेदवार बन्न नपाइने भन्दै उजुरी परेको थियो । त्यसका आधारमा निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गरेको थियो ।

त्यसका विरुद्ध चौधरी माघ १० गते सर्वोच्च अदालत पुगेका थिए । रिटमा उनले उम्मेदवारी खारेजीको निर्णय रोक्न अन्तरिम आदेश माग गरेका थिए । त्यसमाथि सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाऊ आदेश दिएको थियो भने अन्तरिम आदेश दिने वा नदिने भन्ने निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो।

यसअघि माघ १५ को पेशीमा त्यसअघिको आदेश अनुसार जवाफ नआएकाले आजका लागि पेशी सारिएको थियो। सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र अव्दुल अजीज मुसलमानको संयुक्त इजलासमा पेसी तोकिएपनि आज सुनुवाइको पालो नै आएन ।

प्रतिक्रिया दिनुहोस्