Logo
Logo

उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


441
Shares

काठमाडौं । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

The current image has no alternative text. The file name is: udayapur-cement.jpg

अख्तियारका अनुसार पौडेलसँगै तत्कालीन निमित्त महाप्रबन्धक नवल किशोर साह, नायब महाप्रबन्धक महेश काफ्ले, उत्पादन महाशाखा प्रमुख सञ्जयकुमार लाल, भण्डार महाशाखा प्रमुख महेश साह, उत्पादन विभाग प्रमुख रविचन्द्र पौडेल, अर्का विभाग प्रमुख हरि अधिकारी तथा बिक्री विभाग प्रमुख रामबहादुर जिसीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो ।

अख्तियारले उनीहरूले पदको दुरुपयोग गरी १२ करोडदेखि ४६ करोड रुपैयाँसम्म आर्थिक अनियमितता गरेको आरोप लगाएको छ ।

तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेल र नायब महाप्रबन्धक महेश काफ्लेमाथि १२ करोड ६३ लाख रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोग लगाइएको छ । बाँकी अभियुक्तहरूमाथि ४६ करोड ५२ लाख रुपैयाँ बराबरको अनियमितता गरेको आरोप छ ।

अख्तियारका अनुसार उद्योगभित्र खरिद प्रक्रिया, उत्पादन व्यवस्थापन तथा आर्थिक कारोबारमा गम्भीर अनियमितता गरी राज्यलाई ठूलो क्षति पुर्‍याइएको निष्कर्षसहित मुद्दा दायर गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्