Logo
Logo

नयाँ भनिएका पार्टीहरू सत्तामा पुग्न हतार गरिरहेका छन् : विप्लव


252
Shares

काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नयाँ भनिएका पार्टीहरू सत्तामा पुग्न हतार गरिरहेको टिप्पणी गरेका छन् ।

The current image has no alternative text. The file name is: Biplop.jpg

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव विप्लवले नयाँ पार्टीहरूले लोकप्रियतावादको नारा उरालेर जनतामा भ्रम फैलाइ सत्तामा पुग्ने प्रयास गरिरहेको आरोप लगाए ।

उनीँले भने, “नयाँ पार्टीहरू विचार केही होइन, पार्टी र नेता भए पुग्छ भन्ने मान्यतामा आधारित छन् । यसले उपभोगवादी र पूँजीवादी संस्कार अंगिकार गरेको देखिन्छ ।”

महासचिव विप्लवका अनुसार, “विचार र सिद्धान्तको कुरा नगरी केवल मान्छे देखाउने र भ्रम सृजना गरेर सत्तामा पुग्ने प्रवृत्ति अहिलेका नयाँ भनिएका पार्टीहरूको प्रमुख रणनीति हो । यो उपभोगवादी र लोकप्रियतावादी दृष्टिकोण हो, जुन कम्युनिस्ट सिद्धान्तसँग मेल खाँदैन ।”

साथै उनले कम्युनिस्ट पार्टीहरूबीचको एकता प्रक्रियाबाट आफ्नो पार्टी पछि हटेको भनेर भ्रम फैलाउने काम भइरहेको प्रतिक्रिया पनि दिए ।

प्रतिक्रिया दिनुहोस्