Logo
Logo

केपी ओलीले झापा-५ बाट सहज जित निकाल्ने विश्वास : योगेश भट्टराई


630
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आफ्नो पार्टी पहिलो बन्ने आत्मविश्वासका साथ आगामी निर्वाचनमा भाग लिने दाबी गरेका छन् ।

The current image has no alternative text. The file name is: yogesh-bhattarai-1.jpg

आइतबार चितवनमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले अध्यक्ष केपी शर्मा ओलीले पनि झापा-५ बाट सहज जित निकाल्ने विश्वास व्यक्त गरेको बताए ।

उपमहासचिव भट्टराईले भने, “राज्यका अंगहरू कमजोर बनाउने परिस्थिति सिर्जना भएको छ । त्यसकारण एमाले जस्तो पहिलो र बलियो दल नभए राज्यका अंगहरूको आत्मविश्वास पनि बढ्दैन । हामी पहिलो पार्टी बन्ने आत्मविश्वासका साथ निर्वाचनमा जान्छौं र निश्चित रूपमा पहिलो पार्टी बन्छौं ।”

उनले झापा-५ क्षेत्र आफ्नो पार्टीको लागि ऐतिहासिक महत्व बोकेको पनि बताए । भट्टराईले थपे, “देशभर नेकपा एमालेको जनतासँग घनिष्ठ सम्बन्ध छ । झापा हाम्रो इतिहासको लिगेसी बोकेको क्षेत्र हो । अध्यक्षले त्यस क्षेत्रमा विकास निर्माणका कामहरू गर्दै आएका छन् । त्यहाँको जनता र नेकपा एमालेको सम्बन्ध नङ र र मासुको जस्तो अभिन्न छ। हामी विश्वस्त छौं कि आगामी निर्वाचनमा अध्यक्षले झापा-५ मा सहज जित हासिल गर्नुहुनेछ।”

प्रतिक्रिया दिनुहोस्