Logo
Logo

रास्वपा उपसभापति नै कांग्रेसमा प्रवेश


1.4k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाकी उपसभापति तारा शाहीले नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । रास्वपाको आन्तरिक गतिविधि र राजनीतिक दिशाप्रति असन्तुष्टि जनाउँदै शाही कांग्रेसमा प्रवेश गरेकी हुन् । 

शाहीलाई कांग्रेसकी केन्द्रीय सदस्य रामुदेवी खड्काले खादा र अबिर लगाएर पार्टीमा स्वागत गरिन् । शाही पहिले पनि नेपाली कांग्रेस नै थिइन् । 

जुम्लाको चन्दननाथ नगरपालिका–५ की शाही यसअघि कांग्रेसमै सक्रिय राजनीति गरिरहेकी थिइन्। वैकल्पिक राजनीतिको नारासहित रास्वपामा प्रवेश गरेकी उनले केही समयमै जिल्ला उपसभापति भएकी थिइन् । तर अपेक्षित राजनीतिक अभ्यास, स्थानीय एजेन्डामा स्पष्टता र सङ्गठनात्मक स्थायित्व नदेखिएको भन्दै उनले दल परित्याग गरेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्