Logo
Logo

गोयलले ल्याएको भुकम्प


रमेश घिमिरे (स्वतन्त्र पत्रकार)


  • रमेश घिमिरे (स्वतन्त्र पत्रकार)

‘धर्मो रक्षति रक्षितः’ अर्थात् जसले धर्मको रक्षा गर्छ ऊ सधैँ सुरक्षित हुन्छ भन्ने मुलमन्त्र भएको भारतको बाह्य सुरक्षा हेर्ने भारतीय गुप्तचर संस्था रअ (अन्वेषण एवं विश्लेषण विभाग) रिसर्च एण्ड एनालाइसिस विङका प्रमुख सामन्तकुमार गोयल गत बुधवार नेपाल के आएका थिए ? यहाँ आठ रेक्टरको भुकम्प नै आएजस्तो गरि पराकम्प नै ल्याइदिएका छन् ।
१९६२ को भारत–चीन युद्ध–१९६५ को भारत–पाकिस्तान युद्ध भएपश्चात्त भारतमा एउटा छुट्टै बाह्य गुप्तचर संस्थाको आवश्यकता ठानियो र त्यतिबेलाकी भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले २१ सेप्टेम्बर, १९६८ मा रअको स्थापना गरेकी हुन् । यसको प्रथम प्रमुख रामनाथ काव थिए । यस संस्थाले सिक्किमलाई भारतमा गाभ्न र बंगलादेशको निर्माणमा महत्वपूर्ण भुमिका खेलेको थियो । यस संस्थाको जवाफदेहीता सोझै भारतीय प्रधानमन्त्रीप्रति मात्र रहन्छ । त्यसकारण यस संस्थाबारे यति धेरै चर्चा हुने गर्दछ ।
गत नोभेम्बरमा भारतले नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेखलाई गाभेर आफ्नो प्रशासनिक मानचित्र प्रकाशित गर्यो । र, त्यसको प्रतिउत्तरमा नेपालले पनि आफ्नो उपरोक्त सम्पुर्ण भू–भागसहितको मानचित्र प्रकाशित गर्यो । र सोही बमोजिम संविधान संशोधन गरेर कालापानी, लिम्पियाधुरा र लिपुलेख सहितको निशान छापसमेत प्रकाशित गर्यो । त्यसपश्चात्त हाल नेपाल–भारत सम्बन्ध लगभग संवादहीनताको स्थितिमा छ ।
छिमेकीसँग लामो समयसम्म संवादहीनताको स्थिति रहनु हुँदैन । वार्तालाई अघि बढाउँनै पर्दछ । र, वार्ताको टेबलमै सबै कुराको छिनोफानो गर्नुपर्दछ । झन् भारतजस्तो बहुआयामिक सम्बन्ध भएको छिमेकीसँग त झन् हुँनुहुँदैन ।
छिमेकोसँगको यस्तो संवादहीनताको परिस्थितिमा जतिपनि उपलब्ध अवसरको सदुपयोग गरिनु पर्दछ । यसबारेमा अनावश्यक कोलोहोलो मच्चाउँनुको कुनै अर्थ छैन । मुख्यकुरा प्रधानमन्त्रीबाट देशहितमा काम भएको छ कि छैन ? त्यो मुख्यकुरा हो । यसमा प्रधामन्त्रीले कुन पात्रसँग भेट गरे वा गरेनन् ? त्यो गौणकुरा हो । कुटनीतिमा उपलब्ध सबै अवसरहरूको सदुपयोग गरेर राष्ट्रहितमा काम गर्नु नै बुद्धिमानी ठहर्छ ।
अबको केही दिनमै भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाल भ्रमणमा आउँदै छन् । यस भ्रमणलाई पनि नेपाल–भारत सम्बन्ध सामान्यीकरणको लागि उपयोग गर्नु पर्दछ ।
यसमा कुनै शंका छैन । नेपाल र भारत दुबै सम्बन्ध सामान्य गर्नुपर्छ भन्ने कुरामा एकमत छन् । तसर्थ, प्रधानमन्त्री केपी ओलीले राष्ट्रहितमा छिमेकसँगको सम्वादहीनतालाई तोडेर सम्मृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार गर्नु पर्दछ ।

  • Twitter @rmshghimire

 

प्रतिक्रिया दिनुहोस्