Logo
Logo

स्रोतको अभावले निर्वाचनमा असर पर्दैन: अर्थमन्त्री


0
Shares

म्याग्दी । अर्थमन्त्री रामेश्वर खनालले आर्थिक स्रोतको अभावका कारण आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै अवरोध नआउने स्पष्ट पारेका छन् ।

The current image has no alternative text. The file name is: rameshwor.jpg

निर्वाचनका लागि आवश्यक बजेटको व्यवस्था भइसकेकाले ढुक्क भएर तयारी अघि बढाउन उनले निर्देशन दिए ।

बुधबार बेनीमा सुरक्षा निकाय र निर्वाचन अधिकारीहरूसँगको छलफलमा उनले शान्तिपूर्ण र सौहार्दपूर्ण चुनाव गराउन सरकार प्रतिबद्ध रहेको बताए । साथै, मिथ्या र भ्रामक सूचना फैलिन नदिन सबै पक्ष सचेत हुनुपर्नेमा उनले जोड दिए ।

म्याग्दीमा एक निर्वाचन क्षेत्र, ८६ हजार ३९७ मतदाता, ८२ मतदानस्थल र १२० मतदान केन्द्र रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्