Logo
Logo

बालेन लक्षित ओलीको टिप्पणी-यात्रुले पाइलट सिटमा बस्न मिल्दैन


882
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यात्रीले नै जहाज उडाउने दाबी गर्नु असान्दर्भिक मात्र नभई जोखिमपूर्ण हुने बताएका छन् ।

The current image has no alternative text. The file name is: oli-balen.jpg

उनले यो टिप्पणी झापा ५ बाट आफूसँग प्रतिस्पर्धामा रहेका काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह ९बालेन० लाई लक्षित गर्दै गरेका हुन् । पार्टीको झापा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै ओलीले बालेनको नाम नलिई विभिन्न व्यक्तिहरूले आफूलाई प्रधानमन्त्री पदको उम्मेदवार भन्दै प्रचार गरेको उल्लेख गरे ।

अनुभवहीन तथा देश सञ्चालनको सोच नै नभएका व्यक्तिबाट मुलुक नचल्ने उनको भनाइ छ । ‘जहाजमा यात्रुको रूपमा बसेको व्यक्तिले ‘म त जहाज उडाउन सक्छु’ भनेर पाइलट सिटमा बस्छ भने के हुन्छ ?’ ओलीले प्रश्न गरे, ‘त्यस्तो जहाजमा कोही चढ्ला तरु झुक्किएर चढिहाले पनि यात्रुको अवस्था के होलारु त्यसैले अहिले सबैले सोचविचार गरेर निर्णय लिने समय आएको छ ।’

उनले काठमाडौं बाहिर मतदाता नामावली भएका नेता तथा कार्यकर्तालाई निर्वाचन प्रचार–प्रसारका लागि आफ्नो निर्वाचन क्षेत्र फर्कन निर्देशन दिए । ‘तपाईँहरू विभिन्न पेशा–व्यवसायका लागि काठमाडौं आउनुभएको छ । अहिले निर्वाचनको माहोल छ,’ओलीले भने, ‘समय निकालेर निर्वाचन क्षेत्र जानुहोस् । पार्टीको पक्षमा वातावरण बनाउनुहोस् । आफन्त भेट्नुहोस्, साथीभाइसँग भेटघाट गर्नुहोस् । पार्टी र नेतृत्वविरुद्धका भ्रम चिर्नुहोस् ।’

ओलीले निर्वाचन दुई चरणमा गर्ने कुरा कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पारे । ‘प्रधानमन्त्रीले हिमालमा हिउँ पर्यो भने निर्वाचन दुई चरणमा हुन्छ भनेको सुनेँ । यो कुनै हालतमा पनि स्वीकार्य हुँदैन,’ उनले भने, ‘पोहोर हिउँदभन्दा अघि जन्मेको बच्चालाई हिउँदमा हिउँ पर्छ भन्ने थाहा हुन्छ । निर्वाचन मिति तोक्दा हिउँदमा चिसोले निर्वाचन हुँदैन भन्ने थाहा थिएन ?’ उनले निर्वाचन शतप्रतिशत निष्पक्ष तथा धाँधलीरहित हुनुपर्नेमा जोड दिए । 

अध्यक्ष ओलीले एमालेले निर्वाचन शानदार रूपमा जित्ने विश्वास व्यक्त गर्दै सबै कार्यकर्तालाई उच्च मनोबलका साथ प्रचारमा जुट्न आग्रह गरे । 

प्रतिक्रिया दिनुहोस्