Logo
Logo

वर्षमानको नाममा नक्कली चुनावी घोषणापत्र : निर्वाचन आयोग र साइबर ब्युरोमा उजुरी


63
Shares

काठमाडौं । आफ्नो नाममा नक्कली चुनावी प्रतिबद्धतापत्र बनाएर सामाजिक सञ्जालमार्फत भ्रामक प्रचार गरिएको भन्दै नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले निर्वाचन आयोग र प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् ।

The current image has no alternative text. The file name is: barsaman-pun-aanant.jpg

उक्त कार्यमा संलग्नमाथि कानुनी कारबाहीको माग गर्दै पुनले आफ्नो सचिवालयमार्फत आयोग र ब्युरोमा उजुरी दिएका हुन् । उजुरीमा भनिएको छ, ‘मतदातालाई भ्रमित तुल्याई स्वतन्त्र र निष्पक्ष निर्वाचन हुने हनन् गरेको छ । यसले निर्वाचनको स्वच्छतालाई असर पार्ने र समाजमा द्वेष फैलाउने कार्य गरेको हुनाले उक्त भ्रामक सामग्रीहरू तत्काल हटाउन लगाउनुका साथै यस्ता कार्यमा संलग्न व्यक्तिहरू तथा समूहको पहिचान गरी प्रचलित कानुन बमोजिम कडा कारबाही गरिपाउन यो निवेदन पेश गर्दछु ।’

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा पुन गृहजिल्ला रोल्पाबाट उम्मेदवार छन् । पुनको भन्दै सामाजिक सञ्जालमा सार्वजनिक गरिएको नक्कली प्रतिबद्धतापत्रमा रोल्पा सदरमुकाम र सुलिचौरमा रेड लाइट एरिया तोक्ने, बडाचौरमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने, जिल्लामा विश्वविद्यालय र प्रत्येक वडामा क्याम्पस निर्माण गर्ने तथा माडीचौर फुटबल मैदानमा वीर अस्पतालन्दा ठूलो अस्पताल बनाउने, मेट्रो रेल र केबलकार जस्ता विषय उल्लेख गरिएका छन् ।

पुनले भने प्रतिस्पर्धीमध्येका उम्मेदवारले आफ्नो विषयमा मतदातमा भ्रम फैलाउने र चरित्र हत्या गर्ने उद्देश्यले नक्कली प्रतिबद्धतापत्र बनाएर सामाजिक सञ्जालमा राखेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्