Logo
Logo

एमालेले फिर्ता लियो रुकुमपूर्वमा सन्दीपलाई दिएको समर्थन


1.2k
Shares

काठमाडौं । नेकपा एमालले रुकुमपूर्वमा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवारलाई दिएको समर्थन फिर्ता लिएको छ । यसअघि भएको सहमति अनुसार एमालेले रुकुम पश्चिममा प्रलोपाकै जनार्दन शर्मा र पूर्वमा सन्दीप पुनलाई समर्थन गर्ने सहमति गरेको थियो । तर, नयाँ समहमति गर्दै एमालेले पुनलाई दिएको समर्थन फिर्ता लिएको हो ।

The current image has no alternative text. The file name is: sandepp-pun.jpg

रुकुमपूर्वमा एमालेका लिलामणि गौतम उम्मेदवार छन् । २०८२ माघ १८ गते भएको सहमतिलाई दुवै दलले संशोधन गर्दा एमालेले रुकुमपूर्वमा दिएको समर्थन फिर्ता लिएको हो ।

सहमतिमा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष दुर्गा सोबले हस्ताक्षर गरेका छन् । नयाँ सहमतिमा कर्णाली प्रदेशका हुम्ला, जुम्ला र मुगु जिल्लासहित पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा प्रलोपाले एमालेका उम्मेदवारलाई समर्थन गर्ने छ ।  

प्रतिक्रिया दिनुहोस्