Logo
Logo

 भाषण होइन, जनताको मत जितेर देशको नेतृत्व गर्छु :  कुलमान घिसिङ


126
Shares

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भाषण गरेर नभई  जनताको मत जितेर आफ्नो पार्टीले देशको नेतृत्व गर्ने दाबी गरेका छन् ।

बिहीबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै घिसिङले सामाजिक सञ्जाल चलाएर नभई जनतालाई डेलिभरी दिएर आफ्नो पार्टी स्थापित भएकाले दाबी गरे । 

उनले उज्यालो पार्टीले जेनजीको भावना अनुसार देशको परिवर्तन गर्ने लक्ष्य लिएर अघि बढेको बताए ।

घिसिङले भाषण गरेर कोही पनि प्रधानमन्त्री नहुने भन्दै कामले र जनताले चुनेपछि मात्रै प्रधानमन्त्री हुने बताए । 

उनले आगामी निर्वाचनमा उज्यालो नेपाल पार्टीका धेरै उम्मेदवारहरू मधेश प्रदेशमा रहेकाले नजिता पनि आफ्नो पार्टीको पक्षमा आउने  बताए । 

प्रतिक्रिया दिनुहोस्