काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिंहदरबार जलाएको भन्दै भ्रामक तथा उत्तेजक अभिव्यक्ति दिएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार चितवनको खैरहनी नगरपालिका-९ घर भएका ३६ वर्षीय महेन्द्र गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार गौतमले सिंहदरबारमा आगजनी गरिएको भनी सार्वजनिक रूपमा अभिव्यक्ति दिँदै अन्य व्यक्तिहरूलाई समेत आगजनी गर्न उक्साउने प्रयास गरेको आधारमा पक्राउ गरिएको हो । उनले भीडलाई उत्तेजित बनाउने किसिमका अभिव्यक्ति दिएको प्रहरीको भनाइ छ ।
गौतमविरुद्ध जिल्ला अदालत काठमाडौंबाट ‘आपराधिक उपद्रव गर्न नहुने कसूर’ अन्तर्गत पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।











