Logo
Logo

जन्ती बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो


441
Shares

काठमाडौं । बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ जना पुगेको छ । डडेलधुरा अस्पतालमा उपचारका क्रममा थप पाँच जनाको मृत्यु भएपछि मृतकको संख्या १३ पुगेको हो ।

अस्पतालमा मृत्यु हुनेहरुमा बझाङको बित्थडचीर गाउँपालिका ७ का बिसनदत्त जोशी, दिपकराज जोशी, किसनदत्त जोशी, बझाङको केदारस्युँ गाउँपालिका ६ का केशवराज भट्ट र बैतडीको पुर्चौंडी ७ का सुशील जोशी रहेको बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए । यसअघि ६ जनाको घटनास्थलमै र दुई जनाको कोटिला स्वास्थ्यचौकीमा मृत्यु भएको थियो ।

मृत्यु हुनेमा बझाङको बित्थडचीर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी, सोही ठाउँका १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय वसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी, ४२ वर्षीय नरेशराज जोशी, बझाङको केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका ७ का ४० वर्षीय वसन्तराज रतला र बैतडीको पुर्चौंडी नगरपालिका ७ की ४० बर्षीया पुष्पा अवस्थी रहेका छन् ।

बिहीबार राति ८ बजेतिर पुर्चौंडी नगरपालिका –७ भवनेबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ गइरहेको पवनदूत यातायातको सुपप्र ०२००१ ख १११९ नम्बरको बस पुर्चौंडी नगरपालिका –७ बडगाउँको मोडमा दुर्घटनामा परेको थियो । बस सडकबाट करिब १५० मिटर तल खसेको छ ।

दुर्घटनामा परी घाइते भएका २५ जनाको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते पाँच जनाको धनगढीमा उपचार भइरहेको छ । सामान्य घाइते भएका चार जनाको देउलेक प्राथमिक स्वास्थ्य केन्द्र बझाङमा उपचार भइरहेको छ ।

दुर्घटनामा सामान्य घाइते भएका बस चालक विरेन्द्र बुढालाई नियन्त्रणमा लिएर घटनाका विषयमा थ िअनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्