
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ मा चूनावी प्रचार सुरु गरेका छन् ।
शुक्रबार चुनावी प्रचारका लागि चितवन क्षेत्र नम्बर २ का बिभिन्न स्थानमा खोलिएका कार्यालयको उद्घाटन गदै लामिछानेले चुनावी प्रचार सुरु गरेका हुन् ।
सो क्रममा लामिछानेले अबको लडाई भनेको दलको नेता उम्मेदवारसँग नभइ गरिबी, अशिक्षा, बेरोजगारी लगाएत देशका बिभिन्न समस्यासँग भएको बताए । चुनाबी अभियानको क्रममा कोही कसैलाई गाली गलौज नगर्न र कोही कसैले गाली गरे पनि प्रतिबाद नगर्न उनले अनुरोध गरे ।
लामिछानेले अबको जवाफ भनेको मतदानको दिन मतपत्रमा छाप लगाएर दिने भएको धारणा राखे । सभापति लामिछानेले निर्वाचनका क्रममा आफु देशभर जानुपर्ने भएकाले चितवनबासीसंग धेरै भेटघाट गर्न नपाउने भन्दै मत दिन आग्रह गरे ।











