काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरी कैलाली क्षेत्र नम्बर-१ बाट उम्मेदवार हुन नपाउने भएका छन् ।

आइतबार रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले चौधरीको पक्षमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । यससँगै कैलाली-१ का निर्वाचन अधिकृतले उम्मेदवारी खारेज गर्ने निर्णय यथावत् रहेको छ।
चौधरीले निर्वाचन अधिकृतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।











