Logo
Logo

दुई दिन हिरासतमा बसेपछि रिहा भए दुर्गा प्रसाईं


756
Shares

काठमाडौं । मेडिकल व्यवसायी तथा “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान” का संयोजक दुर्गा प्रसाईं दुई दिन हिरासतमा बसेर रिहा भएका छन् ।

The current image has no alternative text. The file name is: durga.jpg

शुक्रवार प्रहरीले उनलाई चाल्नाखेलबाट पक्राउ गरी अदालतमा पेश गरेको थियो । काठमाडौं जिल्ला अदालतले उनलाई ‘हाजिर जमानी’मा रिहा गर्ने आदेश दिएको साइबर ब्यूरोका एसपी दिपकराज अवस्थीले रातोपाटीलाई जानकारी दिए । प्रसाईंमाथि निर्वाचनबारे सार्वजनिक अभिव्यक्ति दिँदा आचारसंहिता उल्लंघन गरेको आरोप लगाइएको थियो ।

पक्राउ पर्नुअघि प्रसाईं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेको खुलेको छ । सुरक्षा निकायका अनुसार माघ २२ मा भक्तपुरमा भएको भेटपछि प्रसाईं बीरगञ्जतर्फ कार्यक्रम गर्न जाँदै थिए । बीरगञ्जमा कार्यक्रम गरेर उनी फागुन २१ मा हुन लागेको निर्वाचनमा विथोल्ने गतिविधि सुरु गर्ने सुराकका आधारमा प्रहरीले तत्कालीन अन्तरिम प्रधानमन्त्री सुशिला कार्कीलाई ब्रिफिङ गरेको थियो । नेपाल प्रहरीका एक उच्च अधिकारीले भने, “यसका आधारमा प्रसाईंलाई पक्राउ गर्ने निर्णय गरिएको हो ।”

एमाले अध्यक्ष ओली झापा–५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन् । उनीसँग राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्