Logo
Logo

अण्डाको मूल्यमा भारी गिरावट, समर्थन मूल्य घटाइयो


1.4k
Shares

चितवन । नेपालमा अण्डाको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले सोमबारदेखि लागू हुने गरी नयाँ मूल्य सार्वजनिक गरेको छ । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार, घरेलु उत्पादन बढ्नुका साथै भारतबाट अण्डा आयात बढेपछि मूल्य घटेको हो ।

The current image has no alternative text. The file name is: egg-12.jpg

अब समर्थन मूल्य अनुसार ३० वटा ठूलो अण्डा रु ३७५ र मिडियम अण्डा रु ३३५ कायम गरिएको छ । तुलनात्मक रूपमा, माघ २२ गते ठूलो अण्डा रु ४३५ र मिडियम रु ४०५ थियो भने माघ ११ गते ठूलो अण्डा रु ४९५ र मिडियम रु ४७५ पुगेको थियो ।

गत मङ्सिरमा अण्डाको मूल्य हालसम्मकै उच्च थियो। तत्कालीन समयमा फार्ममा ठूलो अण्डा रु ५६५ प्रतिक्रेटमा बिक्री भएको थियो भने मझौलाको मूल्य रु ५५० थियो । पोखरेलका अनुसार, भारतीय सेतो अण्डा बजारमा धेरै भित्रिएको र घरेलु उत्पादन बढेका कारण नेपाली अण्डाले उचित मूल्य पाउन सकेको छैन। उनले भारतीय अण्डा रोक्न सरकारसँग निरन्तर माग गरिरहेको जानकारी पनि दिए ।

अण्डाको उत्पादन लागत प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्छ, जसअनुसार प्रतिक्रेटको लागत मूल्य पाँच सय ७४ रुपैयाँ ३५ पैसा पुग्छ । यस आधारमा मूल्य लागतसँग नजिक पुगेको अवस्थामा पुनः मूल्य घटेपछि किसानहरू निराश बनेका छन् ।

सङ्घले देशभरका फार्मबाट सङ्कलन गरेको मूल्यलाई आधार मानेर चितवनको मूल्य निर्धारण गरी अण्डाको समर्थन मूल्य जारी गर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्