Logo
Logo

रवि लामिछाने आज रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा पुग्ने


252
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा पूग्ने भएका छन् । आइतबार साँझ रुपन्देही पुगेका उनी आज रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा पुग्ने कार्यक्रम छ ।

The current image has no alternative text. The file name is: rabi-4.jpg

बिहान ८ बजे रुपन्देही १ को देवदह खैरेनीबाट उनको जनसम्पर्क कार्यक्रम सुरु भएको पार्टीले जनाएको छ । दिनभर ५ वटा क्षेत्रका २६ स्थानमा पुगेर साँझ क्षेत्र नं ५ मा पर्ने बुद्ध जन्मस्थल लुम्बिनी र मायादेवी मन्दिरमा पुग्ने कार्यक्रम रहेको रास्वपा रुपन्देहीका सभापति डा. बुद्धिप्रसाद शर्माले जानकारी दिए ।

बिहान  ११ बजे क्षेत्र नं ३ को भैरहवा, १ बजे क्षेत्र नं ४ को कोटहीमाई मर्चवार क्षेत्रमा, २ बजे क्षेत्र नं ५ को पर्सहवामा, सवा ३ बजे क्षेत्र नं २ को मोतिपुर,  बुटवल हुँदै नयाँगाउँ, सालझण्डी हुँदै सवा ६ बजे बुद्धजन्मस्थल लुम्बिनी पुग्ने कार्यक्रम तय भएको शर्माले बताए ।

रास्वपा ५ वटा निर्वाचन क्षेत्रका २६ स्थानमा पुग्ने कार्यक्रम तय भए पनि धेरै ठाउँमा सम्बोधन नगर्ने र केही केही स्थानमा मात्रै सम्बोधन हुनसक्ने शर्माले बताए ।

रुपन्देहीको क्षेत्र नं १ मा रास्वपाबाट महामन्त्री सुनिल लम्साल, २ मा सुलभ खरेल, ३ मा डा लेखजंग थापा, ४ मा कन्हैया बनिया, ५ मा तौफिफ अहमद खान उम्मेदवार छन् ।

रुपन्देहीका कार्यक्रम सकेर लामिछाने सोमबार राति कपिलवस्तु बस्न जाने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्