Logo
Logo

भोट माग्ने क्रममा लडेर कांग्रेस उम्मेदवार घाइते


504
Shares

काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद बास्तोला ‘मधु’ लडेर घाइते भएका छन् । कास्की २ बाट उम्मेदवार बनेका उनी निर्वाचनका लागि घरदैलो गर्ने क्रममा पोखरा ११ फूलबारीमा सिँढीबाट लडेका हुन् ।

बास्तोलाको हात र खुट्टामा चोट लागेको छ । उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको देब्रे हातको नाडी भाँचिएको र अपरेसन गर्नुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्