Logo
Logo

आज कहाँ-कहाँ पुग्दैछन् बालेन ?


441
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आज झापा क्षेत्र नम्बर ५ का १५ ठाउँमा मतदातासँग भेट गर्दैछन् ।

बालेनको सचिवालयले दिएको जानकारी अनुसार बालेनले आज झापा ५ स्थित कमल गाउँपालिकामा नागरिकसँग भेटघाट गर्नेछन् । कार्यतालिका अनुसार आज बिहान ७ः ३० बजेदेखि नै बालेनले मतदातासँग भेटघाट सुरु गरिसकेका छन् ।

सानो केर्खा चोकबाट सुरु भएको मतदाता भेटघाट कार्यक्रम अब क्रमशः सिंघदेबी मन्दिर, केर्खा बजार, केराधाप, क्याम्पा, सुनहरास्थित उराउ र संथाल बस्ती, ढ्यांग्रीमा हुनेछ ।

त्यसैगरि शरंग्पडा बजार, बाह्रबिघा मन्दिर, नहरचोक, शान्तिचोक, सुकुमबासी बस्ती, समैगडा, छलफल चोक र भुत्लुंग स्कुल क्षेत्रमा पनि भेटघाट कार्यक्रम राखिएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा ५ मा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग बालेनको कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

ओली र बालेन दुवै यतिबेला आफ्नो चुनावी क्षेत्रमा मतदाता रिझाउने अभियानमा छन् ।

प्रतिक्रिया दिनुहोस्