Logo
Logo

एआईको दुरुपयोग रोक्न नेपाल प्रहरीले छुट्टै सेल गठन गर्ने: आईजीपी कार्की


567
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सूचना प्रविधि तथा कृत्रिम बौद्धिकता एआईको दुरुपयोग नियन्त्रण गर्न नेपाल प्रहरीले ‘एआई तथा एड्भान्स एनालेटिक सेल’ गठन गर्न लागेको जानकारी दिएका छन् ।

The current image has no alternative text. The file name is: aig.jpg

सूचना प्रविधिको प्रयोगमार्फत झुटा तथा भ्रामक सामग्रीको प्रसारण बढ्दै गएकाले त्यस्ता गतिविधिको निगरानी, अनुसन्धान र कानुनी उपचारका लागि सो सेल आवश्यक भएको उनले बताए ।

सोमबार काठमाडौंमा आयोजित अपराध अनुसन्धान र शान्ति सुरक्षामा सञ्चार माध्यमको भूमिका विषयक एकदिने अन्तरक्रिया कार्यक्रममा बोल्दै आईजीपी कार्कीले छिटो सूचना दिने प्रतिस्पर्धा र होडबाजीका कारण मुलुकमा गलत तथा झुटा समाचार फैलिँदै जानु गम्भीर चिन्ताको विषय बनेको उल्लेख गरे ।

“आजको डिजिटल युगमा छिटो सूचना दिने प्रतिस्पर्धाका कारण मिसइन्फरमेसन, नियतवश फैलाइने डिसइन्फरमेसन, हेट स्पिच, एआईको दुरुपयोग तथा डिजिटल म्यानुपुलेशनबाट सिर्जित झुटा सामग्रीले व्यापकता पाइरहेका छन्,” उनले भने, “कानुन कार्यान्वयन नै कानुनी शासनको आधार हो, तर कट-पेस्ट र कपी-पेस्टको यान्त्रिकताले सृजनशीलताको अभाव देखिएको छ।”

आईजीपी कार्कीले राष्ट्रिय सुरक्षाको मर्मलाई सञ्चारकर्मीहरूले आफ्नो पेशागत धर्मका रूपमा आत्मसात गर्न आवश्यक रहेकोमा पनि जोड दिए ।

“राष्ट्रिय सुरक्षाको मर्मलाई सञ्चारकर्मीहरूको धर्मका रूपमा आत्मसात गराउने दिशामा आजको अन्तरक्रियात्मक कार्यक्रमले मार्गदर्शन गर्ने हाम्रो अपेक्षा छ,” उनले भने, “यस्ता गतिविधिको निगरानी र कानुनी उपचारका लागि नेपाल प्रहरीले अब एआई र एड्भान्स एनालेटिक सेल गठन गरेर अघि बढ्नुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौं।”

प्रतिक्रिया दिनुहोस्