Logo
Logo

चूडामणि उप्रेती ‘गोरे’लाई थप १० वर्ष कैद


441
Shares

काठमाडौँ । ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले ‘गोरे’ भनिने चूडामणि उप्रेतीलाई थप १० वर्ष कैद सजाय सुनाएको छ ।

The current image has no alternative text. The file name is: gorey.jpg

उच्च अदालत विराटनगरका न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र प्रकाशचन्द्र अधिकारीको संयुक्त इजलासले सनम शाक्यको हत्या कसुरमा उप्रेतीलाई थप १० वर्ष कैद सजाय गर्ने आदेश दिएको हो । उनी यसअघि जिल्ला अदालत मोरङबाट जन्मकैदको सजाय पाएर कारागारमा छन् ।

२०७४ फागुन १८ मा मोरङको उर्लाबारीमा सनम शाक्यको हत्या भएको थियो । सो घटनामा चूडामणि उप्रेती ‘गोरे’सहित ६ जनालाई जन्मकैद, अन्य केही अभियुक्तलाई फरक–फरक अवधि कैद सजाय सुनाइएको थियो ।

उच्च अदालतले केही अभियुक्तको सजाय घटाएको छ भने लाक्पा शेर्पा र भविन तामाङको हकमा जिल्ला अदालतकै फैसला सदर गरेको छ ।

३३ किलो सुन तस्करी प्रकरण नेपालकै ठूला संगठित अपराधमध्ये एक मानिन्छ । सुन हराएपछि त्यसको खोजीका क्रममा सनम शाक्यलाई यातना दिइ हत्या गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्