Logo
Logo

संघीयस्तरमा १,१३४ कानुन निर्माण, ३५५ ऐन दर्ता


189
Shares

काठमाडौँ । संघीय सरकारले हालसम्म १,१३४ वटा ऐन, कानुन, नियमावली र निर्देशिका निर्माण गरिसकेको छ । राष्ट्रिय सभाको सोमबारको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले यस्तो जानकारी दिए ।

The current image has no alternative text. The file name is: sinha.jpg

उनका अनुसार हालसम्म संघीयस्तरमा ३५५ वटा ऐन, ३२५ वटा नियमावली तथा नियम, ६६ वटा गठन आदेश, १३४ वटा निर्देशिका र २५० वटा कार्यविधि निर्माण भइसकेको छ ।

मन्त्री सिन्हाले विधायन ऐन २०८१ अनुसार प्रत्यायोजित विधायन सम्बन्धित मन्त्रालय वा निकायबाट जारी भए पनि अनिवार्य रूपमा कानून मन्त्रालयमा दर्ता गरिनुपर्ने व्यवस्था लागू भएको जानकारी दिए । हालसम्म दर्ता भएका प्रत्यायोजित विधायनमा ८ वटा नियमावली, ८ वटा विनियमावली, ४५ वटा कार्यविधि, १४ वटा निर्देशिका र १ मापदण्ड समावेश छन् ।

सिन्हाले त्रुटिपूर्ण ऐन तथा कानूनको संशोधन गर्न सरकार प्रयासरत रहेको समेत जनाए ।

प्रतिक्रिया दिनुहोस्