Logo
Logo

निर्वाचन सुरक्षामा कुनै चुक नहोस् : प्रधानमन्त्री कार्की 


126
Shares

काठमाडौं । रक्षामन्त्रीको  जिम्मेवारी सम्हालिरहेकी प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनालाई चुनावको सुरक्षामा अलिकति पनि कमी हुन नदिन निर्देशन दिएकी छन् ।

The current image has no alternative text. The file name is: susila-karki-1.jpg

मङ्गलवार जङ्गी अड्डामा भएको पृतनापति समन्वयात्मक बैठकको उद्घाटन समारोहलाई बोल्दै उनले विगतमा जस्तो सुरक्षा संयन्त्रबिच समन्वयमा त्रुटि नदोहोर्‍याउन सचेत गराएकी हुन् । 

प्रधानमन्त्री कार्कीले भनिन्, ‘विगतमा सुरक्षा संयन्त्रहरूबिच समन्वयमा कतै त्रुटि र रिक्तता भएका रहेछन् भने अब त्यो अवस्था दोहोरिन नदिन र चुनावी सुरक्षामा कत्ति पनि चुक हुन नदिनेतर्फ सतर्क हुनुहोस् ।’

उनले भनिन्, ‘यस निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामहरूबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायहरूसँग समन्वय गरी त्रुटिरहित ढङ्गले काम गर्नुहोस् ।’

यस्तै प्रधानमन्त्री कार्कीले राजनीतिक गतिविधि पनि बिनाअवरोध सञ्चालन गर्ने वातावरण सिर्जनाका लागि अन्य निकायसँग सहकार्य गर्न सेनालाई निर्देशन दिइन् । 

उनले भनिन्, ‘जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्न तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिहरूलाई बिनाअवरोध सञ्चालन गर्ने वातावरण सिर्जना गर्न अन्य निकायहरूसँगको सहकार्यमा स्पष्ट कार्ययोजनासहित अघि बढ्न म तपाईँहरूलाई निर्देशन दिन्छु ।’ 

प्रतिक्रिया दिनुहोस्